राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका अध्यक्ष रवि लामिछानेले आफूविरुद्ध योजनाबद्ध रूपमा राजनीतिक प्रतिशोध गरिएको आरोप पुनः दोहोर्याएका छन्।
शनिबार चितवनमा आयोजित समारोहलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन्।
आफूमाथि ‘प्रतिशोध साध्ने सरकार हेलिकोप्टरमा झुन्डिएर भागेको’ पनि उनले टिप्पणी गरे। ‘यिनीहरूले ममाथि प्रतिशोध साधे नि, ढुक्क हुनुस् मबाट प्रतिशोधको राजनीति हुनेछैन,’ लामिछानेले भने, ‘म लोकतन्त्रमा विश्वास गर्छु, मलाई लोकतन्त्रले थुनेको होइन। यी अपराधी, षड्यन्त्रकारीहरूले थुनेका हुन्। यिनीहरू लोकतन्त्र होइनन्।’ यो देशमा लोकतन्त्र अझै जिउँदो रहेको उनले दाबी गरे।