उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

शनिबार, ५ पुष, २०८२
डिजिटल संस्करण

उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले डुम्रिबोटे स्थित सप्तकोशी नदी किनारमा ६ वटा बोरामा प्याक गरी दुई वटा ट्युवमा लोड गरेको अवस्थामा उक्त गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दौङले जानकारी दिएको छ ।

उनका अनुसार बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा ल्याइ राखिएको र साथै उक्त लागुऔषध गाँजा ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास कार्य भइरहेको छ ।
 

See More On

सुझावित समाचार