उदयपुरमा खुकुरी प्रहार गरी दाइले गरे भाइकाे हत्या

शनिबार, ५ पुष, २०८२
डिजिटल संस्करण

उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार गएराती सोही स्थानका वर्ष ४३ का दाजु युवराज राईले आफ्नै भाइ वर्ष ३० को धर्मराज राईलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

दोङले दाजुको खुकुरी प्रहारबाट गम्भीर घाइत भएका भाइको उपचारको क्रममा गएरातीनै जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको जानकारी दिए । दोङले भने,‘प्रारम्भिक अनुसन्धानको क्रममा दाजुले आमालाई कुटपिट गरेको विषयमा वादविवाद हुँदा खुकुरी गरी भाइको   शरीरको विभिन्न स्थानमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । त्यसपछि दाजु युवराज राई फरार छन् ।’ 

घटनामा संलग्न आरोपित युवराज राईको खोजतलास भइरहेको छ । कहिकतै देखा परेमा नेपाल प्रहरीलाई खबर गरिदिन डिएसपी दोङको आग्रह छ । 
 

सुझावित समाचार