एमाले नेता गोकुल बाँस्कोटाले ११औँ महाधिवेशनमा आफूले खाल हारेर च्याँखे जितेको टिप्पणी गरेका छन्। सचिव पदमा उम्मेदवारी दिएका उनी पराजित भएका थिए। केन्द्रीय सदस्यमा भने विजयी भएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा अब आफूले पार्टीले अह्राएको काम गर्ने, नलगाए सुन्ने, हेर्ने र ताली बजाउने उल्लेख गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्–
भनेकै थिएँ– जिते चलाउने, हारे सघाउने । खाल हारियो, च्याँखे जितियो। अब लाए–अह्राएको गर्ने, नलाए सुन्ने, हेर्ने र ताली बजाउने। तर, कुनै फुर्लुङमा तरुवा र सुरुवा बन्न नजाने केही छ अब थप ?