थुनामुक्त भएपछि रविले भने– देशको न्यायका लागि लड्न बाँकी छ

शुक्रबार, ४ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमाथि भएको अन्यायका अगाडि आफूमाथि भएको अन्याय ज्यादै कम रहेको बताएका छन्।

शुक्रबार रुपन्देही कारागारबाट रिहा भएपछि समर्थकहरूलाई सम्बोधन गर्दै लामिछानेले देश र जनताको न्यायका लागि लड्न बाँकी नै रहेको प्रस्ट पारे।

‘न्यायको यो लडाइँ बाँकी नै छ। यो मेरा लागि भनेको होइन। तपाईंका लागि, यो देशको न्यायका लागि लड्नुपर्नेछ। यिनीहरूले यो देशमाथि गरेको अन्यायका अगाडि ममाथि गरेको अन्याय केही पनि होइन। यो सब हिसाब गर्नु छ,’ उनले भने।

सुझावित समाचार