रास्वपाको समानुपातिक सूचीमा जेन–जी अगुवा पुरुषोत्तम यादव

शुक्रबार, ४ पुष, २०८२
डिजिटल संस्करण

जेन–जी अभियानका अगुवा पुरुषोत्तम यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवार बन्न आवेदन दिएका छन् ।

 रास्वपाले माग गरेको आवेदनअनुसार यादवले मधेशी क्लस्टरबाट आकांक्षा दर्ता गराएका हुन् ।

रास्वपाले गएराति सार्वजनिक गरेको सूचीमा जेन–जी अगुवा यादवको नाम पनि मधेशी क्लस्टरमा छ । उनी युवामाझ सक्रिय जेन–जी आन्दोलनका परिचित अनुहारका रूपमा चिनिन्छन् ।

गत २३ भदौमा प्रदर्शनका लागि प्रशासनसँग अनुमति माग्ने व्यक्तिहरूमध्ये यादव पनि थिए । यसले उनलाई नागरिक अभियान र सार्वजनिक अभिव्यक्तिमा सक्रिय पात्रका रूपमा चिनाउने गरेको छ ।

See More On

सुझावित समाचार