एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

शुक्रबार, ४ पुष, २०८२
डिजिटल संस्करण

नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ।दिउँसो १ बजे काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बस्ने गरी बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। बैठकमा महाधिवेशनको समीक्षा, पार्टीको समसामयिक राजनीतिक कार्यदिशा, जिम्मेवारी बाँडफाँट तथा आगामी कार्ययोजनाबारे छलफल हुने बताइएको छ । 

पार्टीको केन्द्रीय सचिवालय र स्थायी कमिटी गठनसम्बन्धी विषय पनि बैठकको एजेन्डामा पर्न सक्ने नेताहरूले जनाएका छन् ।
 

See More On

सुझावित समाचार