नेसनल घर निर्माण फेस्टको प्रायोजक शिवम् सिमेन्ट

शुक्रबार, ४ पुष, २०८२
डिजिटल संस्करण

नेसनल घर निर्माण फेस्ट–२०८२ को प्रायोजक शिवम् सिमेन्ट बनेको छ । स्किल शिवम् सिमेन्ट र सेवा प्रालि आयोजना तथा प्रवद्र्धनका लागि सम्झौता भएको छ । सम्झौताअनुसार स्किल सेवाद्वारा आयोजना हुने घर निर्माण फेस्टमा शिवम् ‘पावर्ड बाई’ प्रायोजक बन्नेछ ।

घर निर्माण, परामर्श तथा प्रविधिमुखी यो प्रदर्शनी १२ देखि १५ पुससम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । प्रदर्शनी सर्वसाधारणका लागि नि:शुल्क प्रवेश रहने आयोजकले जनाएको छ । 

घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, आपूर्तिकर्ता, विद्यार्थी तथा आमनागरिकलाई लक्षित फेस्ट आयोजना गरिन लागेको हो । फेस्टमा आधुनिक घर निर्माणसम्बन्धी सिप, परामर्श, सामग्री साथै नेपालभरिका निर्माण व्यवसायी र प्रविधिद्वारा एउटै थलोमा प्रस्तुत गरिने बताइएको छ ।

सुझावित समाचार