२१औँ लेखनाथ महोत्सव सुरु

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने नाराका साथ सात तालको बगँैचा शहर पोखराको लेखनाथमा बिहीबार २१औं संस्करणको लेखनाथ महोत्सव सुरु भएको छ । 

१४ पुससम्म चल्ने महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् । सो क्रममा मुख्यमन्त्री पाण्डेले यस्ता मेला महोत्सवले पर्यटन राजधानी पोखरा, गण्डकी प्रदेशको पहिचान थप सुदृढ बनाउँदै देशको समग्र आर्थिक क्षेत्र उकास्न सहयोग गर्ने बताएका थिए । महोत्सव धार्मिक साँस्कृतिकसँगै पर्यटन, व्यापार, उद्यम र रोजगारीसँग जोडिएकाले यसलाई आर्थिक उत्सवको रुपमा समेत लिनुपर्नेमा जोड दिएका थिए । प्रदेश सरकारले पर्यटन क्षेत्रलाई प्रदेशको आर्थिक विकासको पहिलो आधार एवं माध्यमको रुपमा लिएको बताए । पाण्डेले आतिथ्यता, साहसिक पर्यटन, संस्कृति र उद्यमशीलताको केन्द्रको रुपमा पोखरा र गण्डकी प्रदेशका विभिन्न ठाउँहरूलाई पहिचान गरि सोहीअनुसार कार्ययोजना बनाएर अघि बढेको बताए । 

महोत्सवको लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना एवं गृहलक्ष्मी ग्यास कम्पनीको मुख्य प्रायोजन, बिएलसी गु्रप ९नर्भिक हस्पिटल०, पशुपति बिस्कुट र हेटौँडा डेरी सह–प्रायोजक रहेको छ । 

आयोजक संघका अध्यक्ष एवं महोत्सव आयोजक मुल समारोह समितिकी संयोजक जानुका पराजुली अधिकारीले जेन–जी आन्दोलनबाट प्रभावित उद्योग, व्यवसायलाई प्रवद्र्धन गर्ने, वर्तमान विषम आर्थिक अवस्थाकाबिच व्यवसायी र आम उपभोक्ताको खस्किएको मनोबल उच्च बनाउँदै स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको बताइन् । क्रेता, बिक्रेता र उपभोक्ताबिचको साझा थलोका रुपमा विकाससँगै ‘अनौपचारिक विश्वविद्यालय’ का रुपमा स्थापित गर्ने लक्ष्य समेत आयोजकको रहेको बताइन् ।

प्रचारप्रसार संयोजक ध्रुबबाबु भटृराईका अनुसार ३३५ स्टल रहेको महोत्सवमा विशेष आकर्षणका रुपमा जलपरी प्रदर्शन रहने छ भने अन्य आकर्षणको रुपमा गौतम बुद्धको प्रतिमासहितको पर्यटन प्रवद्र्धन, विजनेश टक शो, मोटिभेसनल स्पिच, जातजातिको रितिरिवाज तथा साँस्कृतिक प्रदर्शनी, झाँकीर्याली, रत्यौली, शैक्षिक प्रदर्शनी, विद्यालय स्तरीय कार्यक्रम, टिकटक प्रतियोगिता, कन्टेन्ट क्रिएसन प्रतियोगिता, सुगम संगित, पप कन्सर्ट सगै लाइभ व्याण्ड, लोकदोहोरी, स्टेज सो, हास्यव्यंग्य कार्यक्रम, बाल उद्यान, खाना महोत्सव, उत्कृष्ट स्टल पुरस्कार लगायतका रहेका छन् । महोत्सवको दुई लाख ५० हजार बढि दर्शकले अवलोकन गर्ने र नौ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा आयोजकको छ ।

दैनिक उपभोग्य एवं खाद्यान्न, अटो, कृर्षि, शैक्षिक–ग्रामिण प्रविधि, किचन सामग्री, मेसिनरी, हस्तकला, गार्मेन्ट तथा रेडिमेड, जनरल, फुड एण्ड बेभरेज, कस्मेटिक तथा श्रृंगार, शिक्षा, स्वास्थ्य, खेलकुद, सूचना प्रबिधि तथा सञ्चार, फर्निचर, लेखनाथ क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि, ताजा तरकारी, जैविकविविधता, दुग्ध जन्य उत्पादन, विभिन्न उत्पादन, खाना, बैंक तथा वित्तिय संघसंस्था, प्रायोजकसँगै सेवामूलक संघ संस्थाका स्टलहरू रहेका छन् ।
 

सुझावित समाचार