एमालेको १९ सदस्यीय पदाधिकारीमा एकजना मात्रै महिला निर्वाचित भएकी छिन् । एमाले केन्द्रीय निर्वाचन आयोगले बिहीबार सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार, सचिवमा पद्मा अर्याल निर्वाचित भएकी हुन्। उनले एक हजार ५३० मत पाइन्।
एमाले सचिवमा २० जनाले प्रतिस्पर्धा गरेका थिए। सचिवमा तीनजना महिलाले प्रतिस्पर्धा गरेका थिए।