वीरगन्जमा भन्सारबाट पास भएको हजारौँ किलो सुपारी बरामद

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

वीरगञ्जमा प्रहरीले ठूलो मात्रामा सुपारी बरामद गरेको छ । भन्सार कार्यालयबाट छुटेको दुई ट्रक सुपारी नियन्त्रणमा लिएर छानबिन गर्दा गोदाममा  थप नौ सय बोरा भेटिएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साले इनर्वा बाइपास रोडबाट बिहीबार सुपारी बरामद गरेको हो । ती ट्रक महोत्तरी लैजान लागिएको थियो । महोत्तरी लैजान भनेर पास भएको सुपारी भन्सारबाट करिब चार किलोमिटरको दुरीमा रहेको गोदाममा लगेर झारिएपछि बरामद गरेर छानबिन थालिएको पर्साका एसपी सुदीपराज पाठकले बताए ।

भन्सारबाट चार वटा सुपारीको ट्रक पास भएकोमा तीन वटा खोलिसकिएको अवस्थामा फेला परेको हो । तेस्रो देशबाट ल्याइएको सुपारी फेरि भारत तस्करी गर्न लागिएको हुनसक्ने प्रहरीको आशंका छ । 
 

सुझावित समाचार