एमालेको मतगणना : सचिवमा ओली प्यानलकै अग्रता

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

एमालेको एघाराैँ महाधिवेशनमा अध्यक्षदेखि पदाधिकारीमै केपी ओली प्यानलकै अग्रता देखिएको छ । नौ सचिव पदको निर्वाचनमा सर्वाधिक मत ल्याउने नौजना सबै ओली प्यानलका छन् । 

पछिल्लो मतपरिणामअनुसार महेश बस्नेत र पद्मा कुमारी अर्यालले सर्वाधिक मत पाएका छन्। बस्नेतले ७८३ तथा अर्यालले ७७८ मत पाएका छन् । १०औँ नम्बरमा ईश्वर पोखरेल प्यानलका गोकुल बाँस्कोटा छन्, जसले ५२८ मत पाएका छन् ।   २२२७ मतमध्ये हालसम्म ११३९ मत गणना सम्पन्न भएको छ। 

कसले कति मत पाए ?  

१.महेश बस्नेतः ७८३
२.पद्मा कुमारी अर्यालः ७७८
३. छविलाल विश्वकर्माः ७६९
४. शेरधन राईः ७६७
५. खगराज अधिकारीः ६८०
६. हिक्मत कुमार कार्कीः ६७२
७.यमलाल कडेलः ६२६
८.राजन भट्टराइः ५८१ 
९.भानुभक्त ढकालः ५५२ 
१०.गोकुल प्रसाद बास्कोटाः ५२८ 
११.रचना खड्काः ४५९ 
१२.ठाकुर प्रसाद गैरेः ४६२ 
१३.कर्णबहादुर थापाः ४४४ 
१४.लालबाबु पण्डितः ३९९ 
१५.अग्नि प्रसाद खरेलः ३७७
१६.विनोद प्रसाद ढकालः ३५५ 
१७.कृष्ण गोपाल श्रेष्ठः ३२५  
१८.पेम्वा लामाM२५५ 
१९.पुरुषोत्तम पौडेलः २३० 
२०.इन्द्रलाल साप्कोटाः २०९

सुझावित समाचार