नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना जारी छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारीअनुसार अहिलेसम्म २२३ मत गनिएको छ ।
जसमा अध्यक्षका दाबेदार केपी ओलीले १५६ मत ल्याएका छन् भने अर्का उम्मेदवार ईश्वर पोखरेलले ६७ मत ल्याएका छन् । उपाध्यक्षमा अरुण नेपालले ३८ मत ल्याए भने गुरुप्रसाद बरालले १०९ मत ल्याएका छन् । गोकर्णराज विष्टले १३३, टंकप्रसाद कार्कीले ४३, पर्शुमेघी गुरुङले ४७, पृथ्वी सुब्बा गुरुङले १७१, भीमप्रसाद आचार्यले २७, रघुजी पन्तले १२३, रामबहादुर थापा ‘बादल’ले १५३, विन्दा पाण्डेले ९८ र विष्णुप्रसाद पौडेलले १७२ मत ल्याएका छन् । महासचिवमा शंकर पोखरेलले ११५ ल्याउँदा सुरेन्द्र पाण्डेले १०८ मत ल्याएका छन् ।
उपमहासचिव
आनन्दप्रसाद पोख्रेल : ७१
योगेश भट्टराई :१४०
रघुवीर महासेठ : १२६
राजेन्द्रप्रसाद गौतम : २६
लेखराज भट्ट : १४७
विष्णुप्रसाद रिमाल : १०५
वैजनाथ चौधरी: ५४
सचिव
अग्निप्रसाद खरेल : ७७
इन्द्रलाल साप्कोटा : ४१
कर्णबहादुर थापा :९३
कृष्णगोपाल श्रेष्ठ : ५९
खगराज अधिकारी : १३२
गोकुलप्रसाद बाँस्कोटा : १०४
छविलाल विश्वकर्मा : १४५
ठाकुरप्रसाद गैरे : ९३
पद्माकुमारी अर्याल : १५२
पुरुषाेत्तम पौडेल : ५९
पेम्वा लामा : ५०
भानुभक्त ढकाल : १०७
महेश बस्नेत : १५०
रचना खड्का : ८३
राजन भट्टराई : ११३
लालबाबु पण्डित : ७३
विनोदप्रसाद ढकाल : ८२
शेरधन राई : १४१
हिक्मतकुमार कार्की : १३८