इलेक्ट्रोनिक्स ब्रान्ड एलजीले क्रिकेटको रोमाञ्चकतालाई एकसाथ जोड्न आकर्षक योजनाको घोषणा गरेको छ । सीमित अवधिका लागि लागू हुने यो योजनाअन्तर्गत एलजीका सामान खरिद गर्दा ग्राहकले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्न पाउनेछन् । साथै, विजेताले चार रात पाँच दिनको यात्रा प्याकेज पनि जित्न सक्ने कम्पनीले जनाएको छ ।
यो क्याम्पेनले क्रिकेटप्रेमीका लागि उक्त क्षणलाई उत्सवका रूपमा प्रस्तुत गर्ने बताइएको छ । प्रोडक्टभन्दा पर गएर स्मरणीय अनुभव सिर्जना गर्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गरेको कम्पनीको भनाइ छ ।
यस क्याम्पेनअन्तर्गत छनोट हुने विजेताहरूले म्याच टिकट, बसोवास तथा सिटी टुरसहितको सम्पूर्ण ट्राभल प्याकेज प्राप्त गर्नेछन् । यसले उनीहरूको यात्रा सहज र अविस्मरणीय बनाउने कम्पनीको भनाइ छ । साथै, योजनामा पक्का उपहारहरू समेत सुनिश्चित गरिएको छ । जसमा वासिङ मेसिन किन्दा खरिदमा तीन केजी सरफ, एसी किन्दा नि:शुल्क इन्स्टलेसन, माइक्रोवेभ ओभनमा कुकिङ किट नि:शुल्क पाइनुका साथै थप सब्सक्रिप्सन सुविधा समावेश छन् ।
एलजीका ब्रान्ड तथा मार्केटिङ म्यानेजर मुकेशकुमार बैठाले यस पहलले दैनिक जीवनलाई अर्थपूर्ण अनुभवमार्फत समृद्ध बनाउने एलजीको विश्वासलाई प्रतिबिम्बित गर्ने बताए । उनले भने, यो अभियान एलजी रोज्ने नेपाली उपभोक्तालाई विश्वव्यापी खेलको उत्साहसँग अझ नजिक ल्याउने हाम्रो प्रयास हो ।’