रिलायन्स स्पिनिङको सेयर बाँडफाँट

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीलाई छुट्याएको सेयर मंगलबार बाँडफाँट गरेको छ । कम्पनीले २२ देखि २५ मंसिरसम्म आवेदन खुलाएको थियो ।

कम्पनीले एक लाख १५ हजार  पाँच सय ९६ कित्ता निष्कासन गरेको थियो । जसको मूल्य प्रतिकित्ता ८२०.८० रुपैयाँ तोकिएको थियो । बिक्री अवधिभर ३५ हजारभन्दा बढीले आवेदन दिएका थिए । जम्मा गोलाप्रथाबाट दुई हजार तीन सय ११ जनाले ५०–५० कित्ता र यसैमध्ये भाग्यमानी ४६ जनाले ५१ कित्ता पाएका छन् ।

सुझावित समाचार