बर्दियामा चितुवाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। चितुवाको आक्रमणमा परी बारबर्दिया नगरपालिका– १०, सिम्रहवाका ३२ वर्षीय दिनेश थारूको मृत्यु भएको हो।
घरबाट तीन सय मिटर पश्चिममा रहेको सिम्रहवा सामुदायिक वनमा शौचालय गर्न जाँदा चितुवाको आक्रमणमा परी थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले जानकारी दिए।
उनले भने, ‘चितुवाको आक्रमणबाट मृत्यु भएका थारूको छाती, गर्धन र बायाँ खुट्टाको तिघ्रा खाएको अवस्थामा शव फेला परेको छ।’