एमाले महाधिवेशन : मतदान सुस्त, आठ सय मत खस्यो

बुधबार, २ पुष, २०८२
डिजिटल संस्करण

नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा ८०० जनाले मत दिएका छन्।

दुई हजार २६२ प्रतिनिधिमध्ये करिब आठ घण्टामा आठ सयजनाले मात्रै मतदान गरेका हुन्। महाधिवेशनको पाँचौँ दिन बुधबार बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो।

यही गतिमा बिहीबार बिहान ७ बजे मात्रै मतदान कार्य सम्पन्न हुने आकलन गरिएको छ। मतदान सकिएको दुई घण्टापछि नतिजा घोषणा गर्ने तयारी रहेको एमाले प्रचार समितिले जनाएको छ।

सुझावित समाचार