नेपाल तेस्रो खेलमा अफगानिस्तानसँग पनि पराजित

बुधबार, २ पुष, २०८२
डिजिटल संस्करण
नेपाल तेस्रो खेलमा अफगानिस्तानसँग पनि पराजित

तस्बिर : क्यान

एसिसी यू–१९ एसिया कपमा नेपाल लगातार तेस्रो खेलमा पनि पराजित भएको छ।

श्रीलंकासँग आठ र बंगलादेशसँग सात विकेटले पराजित नेपालले बुधबार खराब प्रदर्शन गर्दै अफगानिस्तानसँग ६ विकेटको हार व्यहोरेको हो। लगातार दुई खेलमा हार व्यहोरेसँगै नेपाल यसअघि नै प्रतियाेगिताबाट बाहिरिसकेको छ।

दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६.४ ओभरमा अलआउट हुँदा १२५ रनको लक्ष्य दिएको थियो। अफगानिस्तानले मात्र चार विकेट गुमाएर २६.५ ओभरमै लक्ष्य पूरा गर्याे।

अफगानिस्तानविरुद्ध नेपालका लागि दिलशाद अलीले सर्वाधिक ३२ रन जोडे। ६८ बल सामना गरेका उनले चार चौका प्रहार गरे। चन्दन रामले ४० बलमा २७ रनको योगदान गर्दा ५२ बल सामना गरेका अभिशेख तिवारीले २० रन बनाए। रोशन विश्वकर्माले १९ बलमा १२ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अफगानिस्तानका जैतुल्लाह साहिनले सर्वाधिक तीन विकेट लिँदा अब्दुल अजिज, नुरिस्तानी ओमरजाई र बहिदुल्ला जाद्रनले समान दुई तथा सलाम खानले एक विकेट हात पारे।

नेपालले दिएको सामान्य लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानका उजैरुल्लाह नायजैले सर्वाधिक ६१ रन जोडे। मात्र ५९ बल सामना गरेका उनले सात चौका र दुई छक्का प्रहार गरे। आस्मान सादतले ५१ बलमा २८ रनको योगदान गर्दा फैसल सिनोजादा १३ तथा मोबुब खान र अजिजुल्लाह मियाखिलले नटआउट समान ११ रन जोडे।

नेपालका अभिशेख तिवारीले दुई तथा विपिन शर्मा र चन्दन रामले समान एक विकेट लिए। अन्य खेलाडी विकेटविहीन रहे।

सुझावित समाचार