ज्ञान संस्कार इन्टरनेसनल स्कुल, सामाखुसी काठमाडौंले तेस्रो ज्ञान संस्कार इन्टरस्कुल नेसनल स्केट च्याम्पियनसिप आयोजना गर्ने भएको छ । विद्यालयले पुस ५ गते प्रतियोगिता सञ्चालन गर्न लागेको हो । उदघाटन खेलकुदमन्त्री बब्लु गुप्ताबाट हुनेछ ।
०७९ सालमा काठमाडौं उपत्यकाको टोखा नगरपालिकामा स्थापना भएको ज्ञान संस्कार इन्टरनेसनल स्कुलले जीवनोपयोगी संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै नेपाली शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । विद्यालय स्थापनाको प्रारम्भिक चरणदेखि नै विविध शैक्षिक तथा सहपाठ्यक्रमगत गतिविधिहरू सञ्चालन गर्दै आएको विद्यालयले जनाएको छ ।
नेपाल सरकारको आधिकारिक खेलकुद संस्था राष्ट्रिय खेलकुद परिषद्को मातहतमा रहेको नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघसँगको समन्वयमा सञ्चालन हुने प्रतियोगितामा देशभरका विभिन्न विद्यालयबाट तीन सयभन्दा बढी विद्यार्थी खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम हुने खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
विद्यालयकी प्रधानाध्यापक निलम बानियाँ बडूले स्केटिङ खेल पर्यावरणमैत्री (इको–फ्रेन्डली) खेल भएको बताउँदै यसलाई वातावरणअनुकूल बनाएर भविष्यमा सामान्य यातायातको वैकल्पिक साधनका रूपमा समेत प्रयोग गर्न सकिने बताइन् ।