लामो रस्साकस्सीपछि नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ । मंगलबार बिहान ८ बजेबाट मतदान सुरु हुने भनिए पनि मतदान हुन सकेन । भृकुटीमण्डपमा केहीबेर अघि मतदान सुरु भएको हो । सबैभन्दा पहिला अध्यक्षका दाबेदार केपी ओली र ईश्वर पोखरेलले मतदान गरे । गोप्य मत भएकाले मतदान प्रक्रियामा पत्रकारलाई फोटो खच्न दिइएको छैन । एमाले नेता तथा कार्यकर्ता उत्साहपूर्वक मतदान प्रक्रियामा सहभागी भएका छन् ।











