चलचित्र ‘मिरमिरे’को गीतमा दयाहाङपत्नी बेनुकाको स्वर

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

चलचित्र ‘मिरमिरे’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई छन्। यो सिनेमाको टिजर सार्वजनिक भइसकेको छ। टिजर दर्शकले मन पराइरहेका छन् । बुबा र छोरीको इमोसनल सम्बन्ध रहेको सिनेमाको टिजर दर्शकको नजरमा परेको हो। प्रोमोसनल कन्टेन बाहिर ल्याउन थालेको निर्माण टिमले केही दिन पछाडि गीत सार्वजनिक गर्ने तयारी गरेको छ।

सिनेमाको गीतमा बेनुका राईको स्वर रहेको निर्माण टिमले बताएको छ । बेनुका अभिनेता दयाहाङ राईकी श्रीमती हुन्। बेनुका गायिका हुन्। तर, उनी विवाहपछिगायन त्यति धेरै सक्रिय छैनन् । सिनेमाको कथा भन्ने गीत बेनुकाले गाएको बताइएको छ।

बेनुकाको स्वर रहेको यो गीतमा हर्क साउदको शब्द र मनोज थापामगरको संगीत छ। यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, साइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन्।

सिनेमामा लेखन तथा निर्देशन यम शेर्पाको छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सहनिर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्म्सका सञ्चालकसमेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन्।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।

See More On

सुझावित समाचार