एमाले महाधिवेशनमा आफ्ना शुभचिन्तकका लागि मत माग्दै गायिका ज्योति मगर

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

गायिका ज्याेति मगर एमालेको एघाराैँ महाधिवेशनमा आफ्ना शुभचिन्तकका लागि मत माग्न भृकुटीमण्डप आइपुगेकी छिन्।यसअघिका महाधिवेशनका यसरी नदेखिएकी मगर यसपालि खुलेरै तनहुँका पूर्णबहादुर गुरुङलाई जिताऊँ भन्दै आएकी हुन्।

देशले युवा नेतृत्व खोजिरहेकाले पूर्णबहादुर गुरुङ त्यसका लागि योग्य भएको भन्दै उनले गुरुङलाई खुला केन्द्रीय सदस्यमा जिताउन आग्रह गरिन्। गुरुङले जित्दा समावेशी हुने र  राजनीतिलाई युवामा पुस्तान्तरण गर्ने कुरामा न्याय हुने उनकाे भनाइ छ ।

पदाधिकारी र अन्यमा कसले जित्नुपर्छ भन्दा खासै उनले प्रतिक्रिया दिइनन् । तर, अहिलेको माहोलमा पूर्ण गुरुङले नै जित्नुपर्नेमा जोड दिइन् । 

सुझावित समाचार