भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने कांग्रेसको निर्णय

सोमबार, ३० मंसिर, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसले भोलि (पुस १ गते) केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने भएको छ।

पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनको शोकमा कांग्रेसले एक दिन कार्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

उपसभापति धनराज गुरुङको सभापतित्वमा सोमबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उपाध्यायको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

पारित शोक प्रस्तावअनुसार पुस १ गते कार्यालयहरू बन्द गरिने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार २९ मंसिरदेखि २ पुससम्म (तीन दिन) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झन्डा आधा झुकाइने भएको छ ।

उपाध्यायको स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३औँ दिनमा गृहजिल्ला मोरङमा शोकसभाको आयोजना गर्ने कांग्रेसले निर्णय गरेको छ ।

उपाध्यायको क्यान्सर रोगको उपचारका क्रममा शनिबार साँझ ९१ वर्षको उमेरमा निधन भएको थियो ।

सुझावित समाचार