काठमाडौं महानगरले मनायो ३१औँ स्थापना दिवस

सोमबार, ३० मंसिर, २०८२
डिजिटल संस्करण

आज काठमाडौं महानगरपालिकाले ३१औँ स्थापना दिवस मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा विशेष कार्यक्रम गरिएको हो  ।

काठमाडौं महानगरले हरेक वर्ष मंसिर २९ गते  स्थापना दिवस मनाउँदै आएको छ । 

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान गरे  । 

मुलुकसामु विद्यमान समस्यालाई निकास दिनका लागि जनताको अभिमत लिने विषय लोकतन्त्रको सबैभन्दा उच्चतम विधि भएकाले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पारेर अघि बढ्न राष्ट्रपति पौडेलले अपिल गरे ।

सुझावित समाचार