गोल्यान ग्रुपका नवनियुक्त अध्यक्ष अक्षय गोल्यानले नेपालको उत्कृष्टतालाई विश्वमञ्चमा अझ बलियोसँग स्थापित गर्ने बताएका छन् । आइतबार गोल्यान टावरमा आयोजित बधाई तथा स्वागत कार्यक्रममा गोल्यानले यस्तो बताएका हुन् । ‘हामी एउटा यस्तो ‘नवीन’ र उत्कृष्ट गोल्यान ग्रुप निर्माण गर्नेछौँ, जसले विश्वव्यापी प्रतिस्पार्धामा आफूलाई अब्बल साबित गर्नेछ,’ उनले भने, ‘जहाँ हाम्रो देशप्रतिको जिम्मेवारी प्रतिबिम्बित हुनेछ ।’
नवनियुक्त अध्यक्ष गोल्यानले सबैको सामूहिक प्रयासबाट अग्रणी व्यावसायिक संस्थाका रूपमा स्थापित गोल्यान ग्रुपलाई थप उचाइमा पुर्याउन आफ्नो प्रयास रहने बताए । गोल्यान ग्रुप नेपालको उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, कृषि र हस्पिटालिटी क्षेत्रमा बलियो उपस्थिति रहेको अग्रणी व्यावसायिक समूह हो । करिब १० हजार कर्मचारी कार्यरत गोल्यान ग्रुपले ६० भन्दा बढी ग्लोबल मार्केटमा उपस्थिति रहेको छ ।