आगलागीबाट एकको मृत्यु, एक करोड ३६ लाखको क्षति

सोमबार, ३० मंसिर, २०८२
डिजिटल संस्करण

 चैनपुरमा आगलागी हुँदा एकजनाको मृत्युु भएको छ । आइतबार बिहान करिब साढे १० बजे चैनपुर नगरपालिका– ४ मैदाने श्यामचोकका ८८ वर्षीय दिलबहादुर लिम्बूको जलेर घटनास्थलमै मृत्यु भएको हो । श्याम लिम्बूकी श्रीमती ४५ वर्षीय माया लिम्बू घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।

उनका अनुसार लिम्बूको ढुंगा–सिमेन्टले बनेको पक्की घरको ढलानमाथि जस्ताको छानो र जस्ताको बेरा बनेको घरमा ग्यास लिक भई आगलागी भएको हो ।

आगलागीबाट ढलानमाथि रहेको जस्ताको छानो र जस्ताको बेरा भएको घर, घरभित्र रहेको १५० मन अलैँची, १४ तोला सुन, १० लाख नगद, किराना पसलको सामान, अन्नपात, भाँडावर्तन र लत्ताकपडासमेत पूर्ण रूपमा नष्ट हँुदा एक करोड ३६ लाखबराबरको क्षति भएको अनुमान गरिएको छ ।

See More On

सुझावित समाचार