राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पक्राउ गरेको छ। दर्ता अपरेटरका रूपमा कार्यरत २८ वर्षीय सुनित प्रभाग रेग्मीलाई सिआइबीले पक्राउ गरेको हो।
उनले गलत मनसायले विभिन्न व्यक्तिहरूको विवरण राष्ट्रिय परिचयपत्र प्रणालीबाट हेरफेर गरेको पुष्टि भएपछि पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए। यही कसुरमा प्रहरीले ललितपुरका आशिषबाबु कुमाललाई पनि पक्राउ गरेको छ। उनीहरूविरुद्ध राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐनमा रहेको कसुरअनुसार अदालतबाट म्याद थप गरिएको एसएसपी श्रेष्ठले बताए।