नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ। मोरङ क्षेत्र नम्बर १ बाट तत्कालीन प्रतिनिधिसभामा विजयी भएर शिक्षामन्त्री भएका उपाध्यायको ९२ वर्षको उमेरमा शनिबार राति निधन भएको हो।
पारिवारका सदस्यहरूका अनुसार विराटनगर महानगरपालिका– ७ निवासी उपाध्याय लामो समयदेखि क्यान्सर रोगले पीडित थिए।