सुनको मूल्य तोलामा २२ सयले बढ्यो

आइतबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

दुई हजार दुई सय रुपैयाँले बढेर आज प्रतितोला दुई लाख ५८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन शुक्रबार भने प्रतितोला दुई लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने घटेको छ । प्रतितोला ८० रुपैयाँले घटेर आज  प्रतितोला तीन हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने तीन हजार ९०५ रुपैयाँमा कायम भएको थियो ।   

सुझावित समाचार