सन् २०१२ : अमेरिकाको कनेक्टिकट राज्यको न्युटाउनस्थित सन्डे हुक इलिमेन्ट्री स्कुलमा गोली चल्दा २० बालबालिकासहित २६ जनाको मृत्यु । एडम लान्जा नाम गरेका व्यक्तिले गोली चलाएका थिए ।
सन् १८१२ : नेपोलियन बोनापार्टको नेतृत्वमा रुसमाथि भएको फ्रेन्च आक्रमण आजकै दिन औपचारिक रूपमा टुंगिएको थियो । युद्धमा फ्रान्सले ठुलो क्षति व्यहोर्नुपर्यो ।
सन् १९०० : जर्मन भौतिकशास्त्री म्याक्स फ्ल्यांकले ‘कालो वस्तुको रेडियस’ विषयमा उनको सैद्धान्तिक निचोड आजकै दिन प्रस्तुत गरेका थिए । त्यस आलेखले भौतिकशास्त्रको नयाँ शाखा ‘क्यान्टम फिजिक्स’को जन्म गरायो ।
सन् १९११ : नर्वेजियन अन्वेषक रोआल्ड एमुन्डसेन आजकै दिन दक्षिणी ध्रुव पुग्ने पहिलो व्यक्ति बनेका थिए ।
सन् १९२७ : इराकले बेलायती शासनबाट स्वतन्त्रता हासिल गर्यो । स्वतन्त्रतापछि पनि ब्रिटिस फौजले भने इराक छाडेन ।
सन् १९३९ : सोभियत युनियन लिग अफ नेसनबाट निष्काशित । फिनल्यान्डबारे अनावश्यक माग गरेपछि सोभियत युनियनलाई उक्त अन्तरसरकारी संगठनबाट निष्कासन गरिएको थियो ।
सन् १९६१ : तान्जेनियाद्वारा औपचारिक रूपमा राष्ट्र संघको सदस्यता प्राप्त । तांगनयिका र जनजिवर आर्किपेलागो मर्ज गरेर तान्जेनिया गठन भएको थियो । मर्ज हुनुअघि दुवै देश बेलायतको अधीनमा थिए ।
सन् १९८१ : सन् १९६७ को ६ दिने युद्धमा इजरायलले सिरियाबाट कब्जामा लिएको गोलान हाइटलाई औपचारिक रूपमा आफ्नो देशको भूमिको रूपमा समाहित गर्यो ।
सन् २००३ : पाकिस्तानका पूर्वराष्ट्रपति जनरल पर्वेज मुसर्रफको असफल हत्या प्रयास ।
सन् २००८ : बग्दादमा आयोजित पत्रकार सम्मेलनमा इराकका पत्रकार मुन्ताधर अल जाइदीद्वारा तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसमाथि जुत्ता प्रहार ।
सन् २०२० : अमेरिकामा कोरोना–१९ विरुद्धको पहिलो खोप पिफाइजर/बायोएनटेक दिन सुरु भयो । सोही दिन अमेरिकामा कोभिडबाट मर्नेको संख्या तीन लाख नाघेको थियो ।