एलओडीमा आज ‘एनपिएल नाइट’

शनिबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

एलओडी क्लबमा आज ‘एनपिएल नाइट’ हुने भएको छ। ठमेलस्थित एलओडी क्लबमा ‘नेपाल प्रिमियर लिग’को विजेता खेलाडीसहित अन्य आठवटै टिमको सहभागिता रहनेछ। 

एनपिएल नाइटमा विजेता टिमहरूको सहभागिता रहने क्लबका सिइओ रविन श्रेष्ठले जानकारी दिए। उनका अनुसार ‘एनपिएल’ समापनको अवसरमा सेलिब्रेसन नाइट हुने भएको हो। एनपिएलमा सहभागी सबै खेलाडी तथा टिमहरूको सहभागिता रहनेछ।

‘मुलुकको लागि एनपिएल हुनु गौरवको विषय हो। विभिन्न देशका खेलाडीहरू एनपिएलमा आएकाले मुलुकको पर्यटन प्रचारप्रसारमा ठुलो सहयोग भएको छ,’ उनले भने।

एनपिएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरु भएको एनपिएलको दोस्रो सिजनमा एलओडी क्लब इन्टरटेनमेन्ट पार्टनर बनेको हो।

एनपिएल अवधिभर मनोरञ्जन पार्टनर बनेको क्लबका डिजेहरूले ‘म्युजिक’ प्ले गरेका थिए। खेलमा सहभागी खेलाडी र खेल हेर्न आएका दर्शकलाई मनोरञ्जन गराउन क्लबले जिम्मेवारी पाएको सिइओ श्रेष्ठले बताए।

१ मंसिरबाट सुरु भएको एनपिएल आज समापन भएको छ। 

सुझावित समाचार