‘ग्रासरुट टेनिस’ का लागि सिद्धार्थ बैंकको सहयोग

शनिबार, २७ मंसिर, २०८२
डिजिटल संस्करण

सिद्धार्थ बैंकले पोखरामा सञ्चालन भइरहेको ‘ग्रासरुट टेनिस’का लागि आर्थिक सहयोग गरेको छ । गण्डकी प्रदेश टेनिस संघले पोखरा रंगशालामा आयोजना गरेको ‘ग्रासरुट टेनिस’ प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि बैंकले सहयोग गरेको हो। 

बैंकले प्रत्येका वर्ष संघलाई नगद दुई लाख सहयोग गर्दै आएको छ । आर्थिक सहयोगसँगै बैंकको पोखरा लेकसाइडस्थित शाखाका प्रबन्धक अनिरुद्र बरालले प्रशिक्षणमा रहेका ३० जना बालबालिकालाई शनिबार ट्र्याक सुट वितरण गरेका थिए। सहयोग हस्तान्तरणपछि बरालले बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जानकारी दिए। संघले बालबालिकाको क्षेत्रमा महत्वपूर्ण कार्य गरेकाले बैंकले सहकार्य गरेको बताउँदै यस्ता काममा बैंकले आउँदा दिनमा आफ्नो सहकार्यलाई निरन्तरता दिने बताएका थिए।

सुझावित समाचार