यो महाधिवेशन एमाले सकियो भन्नेहरूका लागि जवाफ हो : महासचिव पोखरेल

शनिबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ पछि एमाले सकियो भन्नेहरूका लागि यो महाधिवेशन जवाफ भएको बताएका छन्। 

एमालेको ११औँ महाधिवेशनमा स्वागत मन्तव्यका क्रममा महासचिव पोखरेलले जेन जेडको प्रदर्शनपछि एमाले सकियो भन्नेहरूका लागि यो महाधिवेशन जवाफ भएको भन्दै आफूहरू राष्ट्रिय राजनीतिमा अग्रणी भागमा रहेको बताए।

महासचिव पोखरेलले भदौ २३ र २४ पछि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध षड्यन्त्र भइरहेको दाबी गर्दै देशलाई प्रतिगमनतर्फ धकेल्ने प्रयास भइरहेको आरोप लगाएका छन्। उनले सामाजिक अराजकताको अन्त्य गर्दै एमालेले निर्णायक शक्तिको रूपमा भूमिका खेल्ने बताए।
 

सुझावित समाचार