तीर्थराज भट्टराईको थुनछेकमा न्यायाधीशको राय बाझियो, २५ लाख धरौटीमा रिहा

शुक्रबार, २७ मंसिर, २०८२
डिजिटल संस्करण

भिजिट भिसाको सेटिङमा मुछिएका तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा छुटेका छन्। भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा  विशेष अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनलाई पक्राउ गरी अदालतमा पेस गरेर मुद्दा दायर गरेको थियो । जसमा उनी बिहीबार थुनामा रहेकोमा शुक्रबार बयान सकेर थुनछेक भएको थियो। 

थुनछेक आदेशमा विशेषका न्यायाधीशको राय बाझिएको थियो। बहुमतका आधारमा उनीसँग धरौटी माग भएको हो। 

न्यायाधीशहरू सुदर्शनदेव भट्ट, नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजसालमा मुद्दाको सुनुवाइ भएको थियाे। भट्ट र पौडेलले २५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएका थिए भने अर्का न्यायाधीश श्रेष्ठले पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने राय दिएका थिए। बहुमतका आधारमा आदेश भएको हो। 

सुझावित समाचार