अन्तरपालिकास्तरीय दोस्रो खाल्साथुम कप पुरुष भलिबलमा हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेका छन्।
आज भएको पहिलो खेलमा हतुवागढी गाउँपालिका भोजपुरले महालक्ष्मी नगरपालिका धनकुटालाई २५–२०, २५–२१ र २५–२१ को सोझो सेटमा पराजित गर्यो।
आजै हुने भनिएको अर्को खेलमा आयोजक खाल्साथुम छिन्ताङ युवा क्लब (रातो) सहिदभूमि– २ सहभागी नभएपछि आमचोक गाउँपालिका भोजपुर सिधै सेमिफाइनल चरणमा प्रवेश गरेको हो।
भोलि सेमिफाइनल र फाइनल चरणका खेलहरू खेलाइने प्रतियोगिताका संयोजक अनिश राईले बताए। धनकुटाको सहिदभूमि गाउँपालिका– २ को ढोलमुखा टोलमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले एक लाख एक हजार १११ रुपैयाँ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ हात पार्नेछन्।