नवलपुरको अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लु.१ज ३९०८ नम्बरको फोर्स गाडी पाल्पाको निस्दी गाउँपालिका– ४, चिउरीबासमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।
दुर्घटनामा परी मृत्यु भएका तीनैजना महिला हुन्। उनीहरुको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय रामपुर पाल्पाले जनाएको छ।
दुर्घटनामा तीन महिला र दुई पुरुष गरी पाँचजना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि नवलपुरतर्फ पठाइएको पाल्पा प्रहरीले जनाएको छ।
फोर्स गाडी उकालो घुम्तीबाट आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १२ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।