चीनद्वारा नेपाली विद्यार्थीले निर्माण गरेको उपग्रह प्रक्षेपण

शुक्रबार, २७ मंसिर, २०८२
डिजिटल संस्करण

छिमेकी चीनले नेपाली विद्यार्थीले निर्माण गरेको भूउपग्रह स्लिपर्स टु स्याटलाइट बुधबार अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ । चीनले नेपाल, युएई र इजिप्टका लागि लिजियान १ वाई ११ रकेटसमेत प्रक्षेपण गरेको छ ।

चितवनको करैयास्थित नवोदय माविका विद्यार्थीले निर्माण गरेको भूउपग्रह प्रक्षेपण भएपछि चिनियाँ राजदूतावासले यसलाई नेपालमा बढ्दै गएको शैक्षिक अन्तरिक्ष कार्यक्रमलाई प्रोत्साहन मिल्ने प्रतिक्रिया दिएको छ । ‘चिनियाँ रकेटले नेपाली विद्यार्थीले निर्माण गरेको स्लिपर्स टु स्याटले उपग्रहलाई सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गर्यो, जसले नेपालको बढ्दो शैक्षिक अन्तरिक्ष कार्यक्रमलाई ठुलो प्रोत्साहन दिएको छ,’ चिनियाँ राजदूतावासले भनेको छ । 

बुधबारको स्लिपर्स टु स्याट (एसटुएस) अन्तरिक्ष प्रतिष्ठान नेपाल र अमेच्योर रेडियो डिजिटल कम्युनिकेसन्स फाउन्डेसनको सहयोगमा तयार भएको हो । ‘यो परियोजना नेपालका सीमान्तकृत समूह, न्यून आय भएका समुदायहरू तथा आदिवासी जनताका लागि प्रेरणा, जवाफदेहिता र शैक्षिक सहयोग प्रदान गर्न समर्पित छ,’ ग्लोबल टाइम्सले समाचारमा लेखेको छ । 

नेपालका आठ र नौ कक्षाका विद्यार्थीलाई नेपालको तेस्रो वानयु क्युबस्याट स्वतन्त्र रूपमा डिजाइन गर्न र निर्माण गर्न सहयोग गर्ने लक्ष्य राखिएको छ । ‘साथसाथै परियोजनाले विश्वभरका अमेच्योर–रेडियो प्रयोगकर्ताका लागि सफ्टवेयरमा आधारित डिजिटल रिपिटर प्रणाली प्रदर्शन र प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ,’ ग्लोबल टाइम्समा छ । चाइना एकेडेमी अफ साइन्स (सिएएस) स्पेशले विकास गरेको रकेट प्रक्षेपण भएको हो । 

See More On

सुझावित समाचार