नेपाली कांग्रेस जिल्ला कार्यसमिति संखुवासभाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन (प्रत्यक्षतर्फ)का लागि नौजनाको नाम सिफारिस गरेको छ।
बिहीबार बसेको बैठकले प्रतिनिधिसभाको प्रत्यक्षमा नौ र समानुपातिकमा ११ तथा राष्ट्रिय सभा सदस्यका लागि पाँचजनाको नाम सिफारिस गरेको कांग्रेस जिल्ला सचिव टकमान घलेले जानकारी दिए।
उनका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ अन्नतकुमार गौली, दिपक खड्का, दिपनकुमार श्रेष्ठ, एगराज पोख्रेल, पासाङ शेर्पा, रामकुमार थापा, तारामान गुरुङ, उमेश चौहान र उर्मिला पाण्डे गौली (महिला कोटा)को नाम सिफारिस भएको छ।
समानुपातिकतर्फ बिना पौडेल, ज्ञानबहादुर कार्की, जीवनकुमार सुन्दास, कल्पना कार्की, कुमारबाबु अधिकारी, मुना दाहाल पोख्रेल, निर्मला तामाङ बस्नेत, रामबहादुर बस्नेत, शेरबहादर वन सन्यासी, सितादेवी भट्टराई र उषा कार्की (महिला कोटा) सिफारिस भएका छन्।
त्यसैगरी, बैठकले राष्ट्रिय सभातर्फ अन्जना लिंथेप (महिला कोटा), चक्रबहादुर बिसुन्के (दलित कोटा), सन्यान नेपाली (दलित कोटा), टंकप्रसाद राई (अन्य कोटा) र थलकुमार लिंखा (अन्य कोटा)को नाम सिफारिस गरेको छ।