सिरहाको बरियारपट्टि गाउँपालिका–२ बाट प्रहरीले स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी, मातहतको इलाका प्रहरी कार्यालय महेशपुरपतार र प्रहरी चौकी कचनारीबाट खटिएको संयुक्त टोलीले बरियारपट्टि–३ घर भएका ४६ वर्षीय दिनेश महतोलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर३२एडब्लु ८३७७ नम्बरको स्कुटीभित्र स्रोत नखुलेको रकम रहेको भन्ने विशेष सूचनाको आधारमा महतोलाई पक्राउ गरिएको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । उनका अनुसार पक्राउ परेका महतोलाई महेशपुर पतारी प्रहरीमा राखी आवश्यक थप कारबाहीका लागि बुधबार नै ठाढी भन्सार कार्यालय बुझाइएको छ ।