मृगौला रोग पीडित धनकुटा नगरपालिका–८ सान्ताङ लेक्सेरेका ४९ वर्षीय चौतिसलाल आठपहरियाले आफ्नो उपचारको लागि सहियोगको अपिल गरेका छन् । लामो समयदेखि मृगौला रोगको उपचार गर्दै आएका विरामी आठ पहरियाले उपचार लागि खर्च अभाव भएपछि सहयोगको अपिल गरेका हुन्।
करिब १० महिनादेखि मृगौला रोगको उपचार गर्दै आएका विरामी आठ पहरियाले हालसम्म विभिन्न अस्पतालहरुमा उपचार गर्ने क्रममा १६ लाख भन्दा बढी खर्च भइसकेको बताएका छन् । मृगौला पीडित आठपहरिया धनकुटा नगरपालिका–८ का निर्वाचित वडासदस्य पनि हुन् ।
आर्थिक अवस्था कमजोर भएका कारण थप उपचारमा समस्या भएको छ । थप उपचारको लागि सहयोग गर्न सहयोगी मनहरुप्रति उनले अपिल गरेका छन् । अहिले उनी जिल्ला अस्पताल धनकुटामा मृगौलाको डाइलासिस उपचार गर्दै आएका छन् । उपचारको क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित विराटनगर टिचिङ अस्पताल र काठमाडौंस्थित केएमसी अस्पतालमा पनि आफुले उपचार गराई सकिएको आठपहरियाले बताए ।
आठपहरिया अहिले जिल्ला अस्पताल धनकुटामा महिनामा ८ पटक डाइलासिस गराउँदै आएका छन् । एक पटक डाइलासिस गर्दा दुई हजार पाँच सय रुपैयाँ खर्च लाग्ने धनकुटा नगरपालिका–८ का वडाध्यक्ष रसबहादुर आठपहरिया (राई) ले बताए । त्यसैले उनको उपचारको लागि सहयोग गर्न म अपिल पनि गर्दछु–वडाध्यक्ष राईले भने । राईको उपचारमा सहयोग गर्न चाहने इच्छुक महानुभावहरुले माछापुच्छे« बैकको खाता नम्बर ०२००९५४८९६९०००१५ रकम जम्मा गर्न सकिनेछ ।