नेपाली कम्युनिस्ट पार्टी बाँकेको सन्देश सभालाई नेपालले सम्बोधन गर्ने

बुधबार, २५ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी बाँकेको सन्देश सभालाई पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सम्बोधन गर्ने भएका छन्। कार्यक्रममा नेताहरू शक्तिबहादुर बस्नेत, कर्णजित बुढाथोकीलगायत पनि सहभागी हुने जनाइएको छ।

 पार्टीले जिल्लामा आयोजना गरिने एकता सन्देश सभाको तयारी तीव्र पारेको छ। मंसिर २५ गते नेपालगन्जको त्रिभुवन चौकमा आयोजना गरिने एकता सन्देश सभाको प्रचार प्रसारका लागि ८१ वटै वडाहरूमा संयुक्त बैठक गरेर प्रचार प्रसारका काम तीव्र पारिएको नेता नरेन्द्र पाण्डे जेम्सले बताए। उनले पालिकास्तर र वडास्तरमा संयुक्त बैठक बसी प्रचारप्रसारको कामलाई तीव्रता दिइएको जानकारी दिए। 

कार्यक्रमलाई भव्य बनाउनका लागि विभिन्न उपसमितिहरू गठन गरिएको पाण्डेले बताए।  

सुझावित समाचार