टिओबीका तेन्जिनसँग पाँच लाख २० हजार धरौटी माग

मंगलबार, २४ मंसिर, २०८२
डिजिटल संस्करण

टिबेटियन ओरिजनल ब्लड (टिओबी)का नाइके तेन्जिन दावा लामा भन्ने तेन्जिङ राप्तेनसँग अदालतले पाँच लाख २० हजार धरौटी मागेको छ।

जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालत काठमाडौंमा लिखत किर्ते र लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरेको थियो। मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले तेन्जिनसँग लिखत किर्ते मुद्दामा पाँच लाख रुपैयाँ र लागुऔषध मुद्दामा २० हजार रुपैयाँ धरौटी मागेको हो।

उनी जेन-जी आन्दोलनलाई भड्काएको आरोपमा पक्राउ परेका थिए।

सुझावित समाचार