चेलीबेटी बेचबिखनमा २० वर्षदेखि फरार अभियुक्त पक्राउ

मंगलबार, २३ मंसिर, २०८२
डिजिटल संस्करण

चेलीबेटी बेचबिखनमा २० वर्षदेखि फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। वीरगन्ज नगरपालिका १९ का ४५ वर्षीय सुरेशप्रसाद कलवारलाई प्रहरीले पक्राउ गरेको हो।

सोमबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले सोही नगरपालिका वडा नम्बर ९ को सडकखण्डबाट पक्राउ गरी जिउ मास्ने तथा बेच्नेसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको छ।  

See More On

सुझावित समाचार