नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भातरको गोवा र उत्तरप्रदेशमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले सोही घटनामा सातजना नेपालीलगायत भारतीय नागरिकको मृत्यु भएको दुःखद खबरले आफू स्तब्ध बनेको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे। उनले मृतकहरूको शव व्यवस्थापन तथा आवश्यक राहत प्रदानका लागि सरकारलाई छिटो कुटनीतिक कदम चाल्न आग्रह पनि गरे । उनले समन्वय र सहजीकरणका लागि पार्टीका सम्बन्धित प्रवास समितिहरूलाई निर्देशन समेत दिएका छन् ।