एउटा एकमुखे रुद्राक्ष एक लाख २० हजारमा बिक्री

मंगलबार, २३ मंसिर, २०८२
डिजिटल संस्करण

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.७ मोतीपुरनिवासी रुद्रमणि पौडेलले आफूले लगाएको रुद्राक्षको फल एकमुखे भेटिएपछि बिक्री गरेका छन्। कृषिको बागबानी अधिकृतबाट अवकाश जीवन बिताइरहेका पौडेलले घरमा दुईवटा रुद्राक्षको बोट रोपेका छन्। जसमा एउटा रुखबाट एउटा एकमुखे रुद्राक्ष भेटिएको थियो। त्यो रुद्राक्षलाई एक लाख २० हजारमा बिक्री गरेको उनले बताए।

‘यो वर्ष एकमुखे दुईवटा थियो, एउटा चराले खाइदियो,’ उनले भने, ‘एउटा बाँकी थियो, त्यसलाई एक लाख २० हजारमा बिक्री गरेँ। ६ वर्षअघि उनले घरमा रुद्राक्ष रोपेका थिए। गएको वर्ष दुईवटा बोटबाट गरी ६ किलो मात्रै रुद्राक्ष उत्पादन भएको थियो। तर, यस वर्ष भने उत्पादन पनि वृद्धि भएको छ। यस वर्ष ३५ केजीभन्दा बढी उत्पादन भएको छ। एकसय ८ दानाको एउटा माला बन्ने भएकाले त्यही मालाको दरले बिक्री गर्ने गरिएको छ। एउटा मालाको ६ सय ५० रुपैयाँमा बिक्री हुने गरेको उनले बताए । 

रुद्राक्षबाट राम्रो आम्दानी लिन सकिने उनले बताए। एकमुखे र चौधदेखि २१ मुखेसम्मका रुद्राक्ष लोपन्मुख मानिन्छन्। ती निकै महँगो जाने गर्छन्। गौरीशंकर, गणेश, मुखद्वार भएका रुद्राक्ष पनि महँगोमा नै बिक्री हुने उनले बताए। 

सुझावित समाचार