सिद्धार्थ बैंकका ग्राहकहरूले चम्पादेवी हिलसाइड रिसोर्टमा २० प्रतिशतसम्मको छुट पाउने भएका छन्। सिद्धार्थ बैंक र चम्पादेवी हिलसाइड रिसोर्ट प्रालिबिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सोमबार सम्झौता भएको हो।
सम्झौताअनुसार दक्षिणकाली, काठमाडौंस्थित चम्पादेवी हिलसाइड रिसोर्टमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन्।
साथै, एसबिएलएनपिएल टिकट होल्डर्सहरूका लागि चम्पादेवी हिलसाइड रिसोर्टसँगको सहकार्यअन्तर्गत एसबिएलएनपिएल सिजन–२ सम्म लागू हुने विशेष छुट अफर उपलब्ध गराइएको छ । जसअन्तर्गत एसबिएलएनपिएल टिकट होल्डर्सहरूले टिकट देखाई भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।