२१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन्।
पहिलो दिन आइतबार ३३ पार्टीले दल दर्ताको निवेदन दिएकोमा सोमबार ३४ दलले निवेदन दिएका आयोगकी सहायक प्रवक्ता सीता पुनले बताइन्। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने दलहरूलाई २१–२३ मंसिरसम्म निवेदन दिन आह्वान गरेको छ।
सोमबार नेपाल नागरिक पार्टी, त्रिमूल नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, राष्ट्रिय यथार्थवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी, राष्ट्रिय विकास पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, मितेरी पार्टी नेपाल, जनप्रिय लोकतान्त्रिक पार्टी, जनता प्रगतिशील पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले निवेदन दिएका छन्।
यसैगरी, प्रगतिशील नागरिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नागरिक बचाउ दल नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, स्वाभिमान पार्टी, नेपाल परिवार दल, समुन्नत नेपाल पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नागरिक उन्मुक्ति पार्टी, जय मातृभूमि पार्टी, राष्ट्रिय सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, नेपाल जनमुक्ति पार्टी, नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस (बिपी), नेपाल मातृभूमि पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाली जनश्रमदान संस्कृति पार्टी, राष्ट्रिय एकता दल, संघीय नेपाल पार्टीले सोमबार नै निवेदन दिएका हुन्।
पहिलो दिन देश विकास पार्टी, देशभक्त पार्टी, राष्ट्रिय कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, (राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी नेपाल), हाम्रो पार्टी नेपाल, मंगोल नेसनल अर्गनाइजेसन, नेसनल रिपब्लिक नेपाल, नेपाल समावेशी पार्टी, नेपालका लागि नेपाली, जनमत पार्टी, श्रम संस्कृति पार्टी, समाजवादी पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, समाजवादी समावेशी पार्टी, नेपाल मजदुर किसान पार्टी (नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपाल जनजागृति पार्टी), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, गान्धीवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, सार्वभौम नागरिक पार्टी, जनअधिकार पार्टी, नागरिक सेवा पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी), (नागरिक सेवा पार्टी/सचेत नेपाली पार्टी), राष्ट्रिय जनमोर्चा, नागरिक शक्ति नेपाल, नेपाली जनता दल, संयुक्त नागरिक पार्टी, उन्नत लोकतन्त्र पार्टी र नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन आयोगस्थित समानुपातिक मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका थिए।
प्राप्त निवेदन हेरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरूको अन्तिम सूची प्रकाशन गरी चुनाव चिन्ह प्रदान गर्ने छ। दलहरूले बन्दसूची बुझाउने समय १३ र १४ पुसलाई तोकिएको छ।