५७ लाख नगदसहित कुलेश्वरबाट काभ्रेपलाञ्चोकका युवक पक्राउ

सोमबार, २३ मंसिर, २०८२
डिजिटल संस्करण

काठमाडौंको कुलेश्वरबाट प्रहरीले ५७ लाख ४७ हजार नगदसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरी वृत्त कालीकाटीले काभ्रेपलाञ्चोकको नमोबुद्ध–९ का ३४ वर्षीय सरोज श्रेष्ठलाई शनिबार पक्राउ गरेको हो। 

हुन्डी कारोबारको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनराज भट्टराईले बताए। हुन्डीसम्बन्धी कसुरमा प्रहरीले अदालतबाट पाँच दिन थुनामा राख्ने म्याद लिएर अनुसन्धान अघि बढाएको छ। 

सुझावित समाचार