सानिमा बैंकले मनायो २१औँ वार्षिकोत्सव

सोमबार, २३ मंसिर, २०८२
डिजिटल संस्करण

 सानिमा बैंक लिमिटेडले २१औँ वार्षिकोत्सव मनाएको छ । बैंक यही २१ मंसिरदेखि स्थापनाको २१औँ वर्ष पूरा गरी २२औँ वर्षमा प्रवेश गरेको हो । दुई दशकभन्दा बढी समयदेखि आफ्ना ग्राहकलाई निरन्तर सेवा दिँदै विश्वासिलो बैंक बन्न सकेको उपलक्ष्यमा २१औँ वार्षिकोत्सव मनाएको छ ।

यसै अवसरमा बैंकले बैंकिङ यात्राभर निरन्तर सहयोग प्रदान गर्ने आफ्ना ग्राहक तथा सम्पूर्ण सरोकारवालाप्रति कृतज्ञता व्यक्त गरेको छ । आइतबार आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले बैंकको लक्ष्य प्राप्त गर्न सामूहिक प्रयासका लागि सबैलाई धन्यवाद दिए । 

सुझावित समाचार