पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे भ्रष्टाचारमा ५६ विरुद्ध मुद्दा

आइतबार, २१ मंसिर, २०८२
डिजिटल संस्करण
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे भ्रष्टाचारमा ५६ विरुद्ध मुद्दा

तस्बिर : संजित परियार/नयाँ पत्रिका

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ विरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ।

रामशरण महतसहित पाँच पूर्वमन्त्रीसमेत गरी ५५ व्यक्ति र एक कम्पनीविरुद्ध अख्तियारले आठ अर्ब ३६ करोड रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गर्न लागेको हो।

पूर्वअर्थसचिव मधु मरासिनीसहित, पूर्वसचिव सुरेश आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसमेत प्रतिवादी छन्। अधिकारी नलिन्चोक हेलिपोर्ट निर्माण अनियमितताका पनि प्रतिवादी हुन्।

सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार तथा समावेशी आयोगका पूर्वअध्यक्ष रामकृष्ण तिमिल्सिनालाई अख्तियारले परामर्शदाताका रूपमा प्रतिवादी बनाएकाे छ। सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार तथा समावेशी आयोगका पूर्वअध्यक्ष रामकृष्ण तिमिल्सिना  परामर्शदाताका रूपमा प्रतिवादी कायम भएका छन्।

सचिवहरू सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा, भेषराज शर्मा, सहसचिवहरू रञ्जनकुमार अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री, तत्कालीन सहसचिव सुरेश आचार्यलाई पनि प्रतिवादी बनाइएको छ।

यसैगरी, नागरिक उड्डयन प्राधिकरणका सदस्य ज्योति अधिकारी, मनोज कार्की, फुर्वाछिरिङ शेर्पा, सञ्चालक समिति सदस्यहरू मनरूप शाही, मदन खरेल, मुक्तिनारायण पौडेल, सूर्यप्रसाद आचार्य, त्रिरत्न मानन्धरसमेत प्रतिवादी छन्।

सुझावित समाचार